देवीथान सामुदायिक वनमा भिषण आगलागी, खानेपानी तथा सिंचाईका पाइपमा ठुलो क्षेती 

दोलखा । दोलखाको भिमेश्वर नगरपालिका – ७ स्थित उखुबारीमा रहेको देवीथान सामुदायिक वनमा भिषण आगलागि भएको छ।मङ्गलबार बिहान देखि लागेको सो डढेलो बेलुका नियन्त्रणमा आएको हो।

सामुदायिक वनमा लागेको डढेलोले करिब २० हेक्टर क्षेत्रफल जङ्गलमा ठुलो क्षेती पुर्याएको सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष हरिकृष्ण बस्नेतले जानाकारी दिए। उनका अनुसार जङ्गलमा लागेको भिषण आगलागि ले कोथेखोला भुतछहरा(भस्मे उखुबारी ) , महादेव खोला उखुबारी सिंचाई र खानेपानीको पाइपमा क्षेती भएको छ ।

यो लाइनको सिंचाई मुख्यतया उखुबारीको चालिसे तथा काल्ने बेसीमा लगाउने गरिन्छ ।‌ उक्त लाइनको पाइपमा डढेलोले ठुलो क्षेती पुराएपछि यहाँका किसानहरूलाई सिंचाइमा ठुलो समस्या आएको समितिका अध्यक्ष बस्नेतले बताए ।त्यस्तै सो वनमा लागेको डढेलोले हजारौं सङ्ख्या साना तथा ठुला बोटबिरुवा, जिवजन्तु , चराचुरुङ्गी डढेको स्थानियहरुले बताए ।

उक्त डढेलो स्थानियले मात्र नियन्त्रण मा लिन नसकेपछि वन डिभिजन कार्यालय दोलखा शसस्त्र प्रहरीको टोली सहितले  डढेलो नियन्त्रणमा लिन सकेका थिए ।‌सुक्खा मौसम शुरु भएसँगै जिल्लामा आगलागीका घटना शुरु हुन थालेका छन् ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता