काठमाडौँ, साउन १६ – नेपालमा हाल सक्रिय मनसुनको प्रभावले गर्दा देशभरको मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले विभिन्न प्रदेशहरूमा वर्षा भइरहेको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदलीको अवस्था छ भने मधेस प्रदेशमा मौसम मुख्यतः सफा देखि आंशिक बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा जारी छ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा र तराईका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति देशको पहाडी भूभागहरूमा सामान्य बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ। बागमती प्रदेशका पहाडी भागहरूमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।