काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आज दोलखा, सिन्धुपाल्चोक, मकवानपुर र चितवन जिल्ला उच्च जोखिममा रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले रेड अलर्ट जारी गरेको छ । बागमती प्रदेशका चार जिल्ला बाढीपहिरोको उच्च जोखिममा रहेका छन् ।जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय हुँदै गएका कारण बागमती प्रदेशका विभागले देशभरका ३४ जिल्ला बाढीपहिरोको उच्च जोखिममा रहेकाले रेड अलर्ट जारी गरेको छ ।
साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।त्यस्तै, आज राति देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!