काठमाडौं।
दोलखाका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार पर्यटक प्रवद्र्धन गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । मङ्गलबार काठमाडौमा होटल तथा पर्यटन व्यवसायी संघ दोलखा र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा भिमेश्वर नगरपालिकाको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिह ऐरले गरेका थिए। कार्यक्रममा दोलखाका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार तथा पर्यटन प्रवर्द्धनका लागि सरोकारवाला संघ संस्था पर्यटन व्यवसायी एवम् स्थानीय निकायहरुको भूमिका बिषयमा अन्तरक्रिया भएको थियो।
कार्यक्रमले समग्र दोलखाको पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने जनाएको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!