आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home घटना/परिघटनादोलखाका वृद्धको हत्याको आरोपमा काठमाडौंबाट एक जना पक्राऊ 

दोलखाका वृद्धको हत्याको आरोपमा काठमाडौंबाट एक जना पक्राऊ 

by herdaherdaimedia
0 comments 4 views

काठमाडौं भिमेश्वर नगरपालिका–१ सुष्पाक्षमावतीमा ७७ वर्षीय झिलक बहादुर विश्वकर्माको हत्याको आरोपमा काठमाडौंबाट एक जना पक्राऊ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–५ हाँडीगाउँ बस्ने भिमेश्वर नगरपालिका–१ घर भएका ५० वर्षीय गणेश घिमिरेलाई रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । गत जेठ २० गते सुष्पाक्षमावतीका ति वृद्ध विश्वकर्माको शंकास्पद अवस्थामा आफ्नै घर नजिकै मकैबारिमा शव फेला परेको थियो । 

उनको मृत्यु शंकास्पद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। जिल्ला प्रहरी कार्यालय चरिकोटले उनी फरार रहेको भन्दै प्रहरी वृत्त मालिगाउँलाई पत्र पठाएको प्रहरीले जनाएको छ। अहिले घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment