आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार

दोलखाका सक्रिय पत्रकार केसी र शिवाकोटीलाई भेषकु‌मारी खड्का स्मृति पत्रकारिता...

Home समाचारदोलखाका सक्रिय पत्रकार केसी र शिवाकोटीलाई भेषकु‌मारी खड्का स्मृति पत्रकारिता पुरस्कार

दोलखाका सक्रिय पत्रकार केसी र शिवाकोटीलाई भेषकु‌मारी खड्का स्मृति पत्रकारिता पुरस्कार

by herdaherdaimedia
0 comments 8 views

राजकुमार भुजेल,दोलखा । जिल्ला सक्रिय पत्रकार केसी र शिवाकोटीलाई भेषकु‌मारी खड्का स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। जिल्लाको सदरमुकाम चरिकोटमा शुक्रबार भएको हाम्रो रेडियो १०३.४ मेगाहर्जको १७ औँ वार्षिकोत्सवको अवसरमा पत्रकार दिलबहादुर केसी र केदार शिवाकोटीलाई नगद सहित पुरस्कृत गरेको हो।

पत्रकारिताका माध्यमवाट दोलखा र समाज मुलुकको विकास समृद्धि र महिला समुदायको शसक्तिकरणका लागि पुर्याएको विशिष्ट योगदानको उच्च कदर गर्दै भेषकुमारी खड्‌का स्मृति कोषद्वारा हाम्रो रेडियो दोलखामा स्थापना गरिएको स्वर्गीय भेषकु‌मारी खड्का स्मृति पत्रकारिता पुरस्कार र नगद सहित रेडियोका अध्यक्ष बिशाल खड्काले सम्मान गरे । पत्रकार केसी कारोवारकर्मी हुन भने शिवाकोटी कान्तिपुरकर्मी हुन् ।

सो अवसरमा ‘परिवर्तनको सारथी रेडियो’ विषयक अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरेको थियो। कार्यक्रममा दोलखाका विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो।

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment