हेटौंडा, २०८२ साउन २१ – बागमती प्रदेश सरकारमा नेकपा (एमाले) का सांसद भरत बहादुर केसीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। दोलखाबाट प्रदेशसभा सदस्य रहेका केसी मुख्यमन्त्री इन्द्र बानियाँ नेतृत्वको मन्त्रीपरिषद्मा मन्त्री नियुक्त भएका हुन्।
मुख्यमन्त्री बानियाँले साउन २० गते मन्त्रिपरिषद् विस्तार गर्दै एमाले कोटाबाट भरत केसीलाई मन्त्री बनाएका हुन्। यसअघि सो मन्त्रालयको जिम्मेवारी एमालेकै कृष्ण सिलवालले सम्हाल्दै आएका थिए।
भरत बहादुर केसी बागमती प्रदेश सभामा दोलखा ‘ख’ क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। पार्टीभित्र लामो समयदेखि सक्रिय रहेका केसी विकास र जनसंघर्षका विषयमा स्पष्ट धारणा राख्ने नेताका रूपमा चिनिन्छन्। वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएसँगै उनले प्रदेशभर वातावरण संरक्षण, दिगो विकास, वन व्यवस्थापन तथा जलवायु संकट समाधानतर्फ प्राथमिकता दिने बताइएको छ।