राजकुमार भुजेल,दोलखा।
आउदो मङ्गलबारदेखि दोलखाका ३ वटा विद्यालयहरुमा ‘एक चिहान’ नाटक प्रदर्शन हुने भएको छ । शनिबार सदरमुकाम चरिकोटमा ओजस थिएटरले पत्रकार सम्मलेन गर्दै बहुचर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक ‘एक चिहान”को प्रदर्शन मिति सार्वजनिक गरेको हो।
रोल्वालिङ मिडिया चरिकोटसँगको सहकार्यमा ओजस थिएटरले जिल्लाको सदरमुकाम चरिकोटमा रहेको गौरीशंकर बहुमुखी क्याम्पस, हनुमन्तेश्वर माध्यामिक विद्यालय मैनापोखरी र जिरी माध्यामिक विद्यालय जिरीमा प्रदर्शन गर्नेछ।नाटक पुस १६ गतेदेखि २१ गतेसम्म प्रदर्शन हुने ओजस थिएटर काठमाण्डौंका प्रबन्ध निर्देशक सागर कार्कीले बताए।
नाटक हेर्नका लागि विद्यार्थीका लागि ३ सय रुपैयाँ र अन्य दर्शकका लागि ४ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ भने नाटक विद्यार्थीलाई केन्द्रित गरेर प्रदर्शन गर्न लागिएको भएपनि पुस २० गते शनिबार बाहिरी दर्शकहरुका लागि विशेष शो हुने भएको छ ।बहुचर्चित उपन्यास ‘एक चिहान’ कक्षा १२ को अनिवार्य नेपाली विषयमा पठनपाठन हुँदै आएको छ।