आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home Bannerदोलखाको एमाले पार्टी सचिवमा कृष्ण बस्नेतको उम्मेदवारी किन ?

दोलखाको एमाले पार्टी सचिवमा कृष्ण बस्नेतको उम्मेदवारी किन ?

by herdaherdaimedia
0 comments 4 views

दोलखा । दोलखा एमालेमा गुन्जिरहने नाम हो कृष्ण बस्नेत । समाजसेवी, कोमल हृदयका धनी, सजिलै जो कोहिसँग पनि घुलमिल हुन सक्ने उनी दुख पीडालाई राम्ररी बुझेका एक सच्चा नेता हुन् । जिल्लाबासीले बस्नेतलाई बौद्धिक ब्यक्तिको रुपमा समेत चिन्ने गरेका छन् । भीमेश्वर नगरपालिका वडा नम्बर ५ स्थित विसुन्टोल घर भएका बस्नेतले धेरै पहिलेदेखि नै राजनीतिमा पाइला राखेपनि बीचमा विविध कारणले राजनीतिमा सक्रिय भएर लाग्न सकेनन् । तर पनि पार्टीप्रतिको सहयोगमा उनी कहिल्यै पछि हटेनन् ।

२०४६ सालमा ल क्याम्पसमा पढ्दा उनले पार्टीको साधारण सदस्यता लिएका थिए । त्यसयता २०५५ सालमा पार्टीको सङ्गठित सदस्यका रुपमा उनले राजनीतिक यात्रालाई अघि बढाएका थिए । पहिले देखि नै समाजसेवामा रुची भएका उनको अधिकांश समय जनतासँगका समस्या र त्यसको समाधानका विषय लगायत अन्य परोपकारी काममा नै वित्ने गरेको छ । त्यसैले पनि दोलखाबासीको मनमुटुमा बस्न सफल बस्नेतले यसपटक नेकपा एमालेको १० औं जिल्ला अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिँदैछन्। अधिकांश समय सदरमुकाम चरिकोटमै भेटिने बस्नेत यहीँ बसेर पार्टी कार्यकर्यताको प्रशासनिक कार्यमा सहयोग गर्दै आइरहेका छन् ।

२०४७ सालमा दोलखा काठमाडौं सम्पर्क मञ्चको सदस्य भएका बस्नेत २०५१ सालमा दोलखा काठमाडौं सम्पर्क मञ्च को सहसचिव भएर जिम्मेवारी पुरा गरेका थिए । बस्नेत लगातार ३ कार्यकाल जिल्ला कमिटी सदस्यमा समेत निर्वाचित भएर पार्टीको काम गरेका थिए । लामो समयदेखि निरन्तर पार्टीमा सक्रिय बस्नेतले ठुला अवसरहरु छोडेर जिल्ला भित्रै बसी पार्टी र जनताको लागि योगदान दिइरहेका छन् । उनले आफ्नो ब्यक्तिगत फाइदा कहिल्यै हेरेनन् मात्रै जनातका समस्यामा तदारुकताका साथ लागि परिरहे ।

त्यसो त यसअघि उनी नेकपा एमालेको बागमति प्रदेश सल्लाहकार समेत भएका थिए । आम जनतामाझ लोकप्रिय उनी भीमेश्वर नगरपालिकाको मेयरका टिकटका आकांक्षी थिए । तर उनले आफु पछि बसेर नै सहयोग गर्ने प्रतिवद्धता जनाए । पद भन्दा पनि काममा विश्वास गर्ने उनले गौरीशंकर पुस्तकालय समेत खोलेर बेलाबेलामा सिपमुलक तालिम समेत गर्दै आएका छन् । उनको अधिकांश समय समाजसेवा र पार्टीको जिम्मेवारीमै वित्ने गरेको छ । अहिले जिल्लामा एमालेको सचिव पदमा उम्मेदवारी दिने तयारीमा रहेका उनी आफुले आफुलाई सहकर्मी तथा पार्टीका साथीहरुले सहयोग गर्नेमा निश्चिन्त छन् ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment