दोलखाको गोपीखोलामा दुईवटा यात्रुबस एकआपसमा ठोक्किए,केही यात्रु सामान्य घाईते 

राजकुमार भुजेल,दोलखा।

दोलखाको वैत्यश्वर गाउँपालिका – ६ गोपीखोलामा   दुईवटा यात्रुबस एकआपसमा ठोक्किँएको छ। आइतबार दिउँसो करिब ३  बजे मन्थली लामासाघु सडक खण्डमा काठमाण्डौबाट रामेछाप तर्फ जादै गरेको वा ५ख ५६३१ नम्बरको अरनिको बस र ओखलढुङगाबाट काठमाण्डौ तर्फ जादै गरेको प्र.३०१००५ ख ३९५६ नम्बरको बस एक आपसमा ठोक्किंदा केहि यात्रु घाईते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार उक्त दुर्घटनामा ३/४ जना घाइते भएका छन्। घाईते  भएकाहरुलाई अहिले उपचारका लागि सदरमुकाम चरिकोट पठाइएको छ।

घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता