दोलखाको गौरीशंकरमा माओवादीको अग्रता कायमै

राजकुमार भुजेल,दोलखा ।

दोलखाको गौरीशंकर गाउँपालिकाको  उपाध्यक्ष पदको मतगणनामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । सोमबार दिउसो १ देखि ४ वडा सम्मको मतगणना सकिँदा माओवादी केन्द्रकी निमलेकी शेर्पाले १३८४ मत ल्याएकी छन् ।

दोस्रो स्थान एमाले उम्मेदवार उमा शेर्पाले १०१२मत पाएकी छन् । त्यस्तै ७९३ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेसको उम्मेदवार पासदिकी तामाङ छन् । 

यसअघि गठबन्धनबाट कांग्रेसका उम्मेदवार श्यामसुन्दर तामाङले जितेका थिए। उनको २०८० साल असारमा हृदयघातका कारण निधन भएको थियो।

 अहिले अन्य वडाहरूको मतगणना जारी रहेको छ । 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता