आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारदोलखाको जोखिमयुक्त ढुङ्गा व्यवस्थापन गरेर नेपाली सेनाको टोली फर्कियो

दोलखाको जोखिमयुक्त ढुङ्गा व्यवस्थापन गरेर नेपाली सेनाको टोली फर्कियो

by herdaherdaimedia
0 comments 6 views

भाद्र २९ । दोलखा स्थित विगु गाउँपालिका ४ खोलिखिम बजारमाथि रहेको जोखिमयुक्त ढुङ्गाको व्यवस्थापन सकिएको छ । नेपाली सेनाको टोलीले १० दिनको प्रयासपछि सफलतापूर्वक ढुंगाको व्यवस्थापन गरेको हो ।

ढुङ्गाको व्यवस्थापन भएपछि सेनाको टोलीलाई खोलिखिम बजार व्यवस्थापन समितिको आयोजनामा विगु गाउँपालिका अध्यक्ष सन्जिव ओली लगायत जनप्रतिनिधि, बजार व्यवस्थापन समितिका अध्यक्ष विमल ओली र स्थानीयले बाजागाजा सहित विदाई गरेका छन् ।

ढुङ्गाको व्यवस्थापनका लागि १२ सय किलो (इम्युजन) बिष्फोटक पदार्थ, २६० वटा डिटोनेटर र १० हजार मिटर डेट कार्ड लिएर सेनाको टोली सिंगटी पुगेको थियो । करिब ३७ मिटर लामो ढुङ्गालाई सेनाको टोलीले १३ पटक बिष्फोट गराएर ढुङ्गा फुटाएको हो । १० दिनको प्रयासपछि उक्त ढुङ्गाको व्यवस्थापन सकिएको हो । बजारमाथि रहेको उक्त ढुङ्गा खस्ने जोखिम बढेपछि खोलिखिम बजारका ३२ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । उक्त जोखिमलाई हटाउन जिल्ला प्रशासन कार्यालयले विष्फोट गराएर ढुङ्गाको व्यवस्थापन गर्न सरकारलाई पत्राचार गरेको थियो । लगतै, विगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर हेलो सरकार मार्फत गुनासो राखेपछि प्रधानमन्त्री दाहालले उक्त ढुङ्गाको तत्काल व्यवस्थापन गर्न रक्षा सचिव किरणराज शर्मालाई निर्देशन दिएका थिए । वर्दिबासबाट खटिएको सेनाको टोलीले भदौ १८ गतेबाट ढुङ्गाको व्यवस्थापन गर्न सुरु गरेको थियो । सो कार्यमा नेपाली सेनाको चरिकोटस्थित तारादल गणले पनि सहयोग गरेको थियो ।

ढुङ्गाको व्यवस्थापन पछि गाउँपालिका अध्यक्ष सञ्जीव ओलीले नेपाली सेनाको टोलीलाई धन्यवाद व्यक्त गरेका छन् । ढुङ्गाको सफल व्यवस्थापनपछि सेनाको टोली आज बर्दिवास फर्किएको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment