दोलखा।
दोलखाको उत्तरी भेगमा निर्माणधिन हाईड्रोमा कार्यरत रोल्पाका एक मजदुर मृत फेला परेका छन्।मृत फेला पर्नेमा रोल्पा सुनछहरी गाउँपालिका–३ का २३ वर्षीय बजिन्द्र घर्तीमगर रहेका छन्।
घर्तीमगर विगु गाउँपालिका -१ देउरालीमा रहेको नाशा हाईड्रोपावरको मादी जलजला कन्सट्रक्सनमा कार्यरत थिए। गत १४ गते बेलुका देखी हराएका उनलाई खोजी गर्ने क्रममा लामाबगरबाट देउराली जाने बाटोबाट २०० मिटर तल भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्सपेक्टर सत्रुधन महतोले जानाकारी दिए ।
अहिले उनको शवलाई पोष्टमार्टमका लागि पशुपति चौलागाईं अस्पतालमा लगिएको छ भने घटनाको कारण पोष्टमार्टपछि मात्र खुल्ने जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!