दोलखा। दोलखाको शैलुङ्ग गाउँपालिका – ३ स्थित देउराली,बाघखोर बजारमा हिले जात्रा सम्पन भएको छ। आफ्नो परापुर्व कालदेखि चलिआएको कला , संस्कृति र परम्पराको जगेर्ना गर्दै शनिबार देखि सुरु भएको जात्रा आइतबार भव्यरुपमा सम्पन्न भएको हो ।
जात्रामा स्थानीय जातजातिको कला–संस्कृति र झाँकीहरू प्रदर्शन गरिएको थियो। तामाङ समुदायले जात्राको दौरान डम्फुको तालमा सेलो भाका गाउँदै नाच प्रस्तुत गरेका थिए। जात्रामा आफ्नो संस्कृतिअनुसार विभिन्न कलाहरू प्रस्तुत गरेका थिए। जात्रामा लाखे नाच, नेवारी भेषभुषा, तामाङ सस्कृति तथा भेषभुषा,खैजडि भजन, मारुनी नाच लगाएतका कलाहरु देखाएको शैलुङ गाउँपालिका – ३ का वडा अध्यक्ष विर बहादुर तामाङले बताए।
जात्रामा काठमाडौंबाट आएका ख्याति प्राप्त कलाकारहरुले पनि आफ्नो प्रस्तुति दिएका थिए । जात्राले स्थानीय स्तर अभिवृद्धिका साथै शैलुङको पर्यटन प्रवद्र्धनका लागि टेवा मिलेको स्थानियको भनाई छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!