दोलखाको बाबरेमा ट्याक्टर दुर्घटनामा परि एकको मृत्यु ,तिन घाइते

दोलखा। दोलखाको कालिन्चोक गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।शुक्रबार बिहान गाउँपालिकाको वडा नं २ स्थित बाबरेमा ट्याक्टर दुर्घटना हुँदा स्थानिय अन्दाजी ३५ वर्षिय सान्तीमाया थामिको मृत्यु भएको हो।

त्यस्तै दुर्घटना भरि अन्य ३ जना गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल ल्याउन एम्बुलेन्स पठाएको वडा अध्यक्ष विक्रम पाण्डेले “हेर्दाहेर्दै डटकम” लाई जानाकारी दिए।

उक्त ट्याक्टर के कारणले दुर्घटना भएको भन्ने खुल्न बाकीँ रहेको उनको भनाई छ । अहिले दुर्घटना स्थलमा प्रहरीको टोली जादैछ।।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता