दोलखाको लामाबगरमा सुक्खा पहिरोले तामाकोशी खोला थुनियो, पहिरो खस्ने क्रम जारी

दोलखा । विगु गाउँपालिका १ लामाबगरको देउराली भन्ने ठाउँमा सुक्खा पहिरोले तामाकोशी खोला थुनिएको छ ।

आज विहानदेखि उक्त स्थानमा एक्कासी सुक्खा पहिरो खसेको र पहिरो खोला थुनिएको स्थानीयहरूले बताएका छन् ।

पहिरोले खोलाको तटिए क्षेत्रमा कुनैपनि समस्या नगरेको र विस्तारै आफैँ खुल्ने क्रम जारी रहेको गाउँपालिका अध्यक्ष सन्जीव ओलीले जानकारी दिए । अहिले पनि पहिरो खस्ने क्रम नरोकिएकोले यसको व्यवस्थापनतर्फ ध्यान दिइएको उनले बताए ।

पहिरोबाट हालसम्म कुनैपनि प्रकारको क्षति भने नभएको अध्यक्ष ओलीको भनाई छ ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता