दोलखा। जिल्लाको सदरमुकाम चरिकोटमा जेब्रा क्रसिङ निर्माण कामको थालनी सुरु गरिएको छ। जिल्लाको सदरमुकाम चरिकोटको मुख्य बजार क्षेत्र सातदोबाटोमा जेब्रा क्रसिङ निर्माण सुरु गरेको हो ।
डिभिजन सडक कार्यालय दोलखाकाे पहल र जिल्ला ट्राफिक प्रहरी कार्यालयको निरन्तर प्रयासमा बिहिबार जेब्रा क्रसिङ निर्माण गरेको दोलखाका ट्राफिक प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिए। सदरमुकाममा बढ्दो जनघनत्वसँगै सवारी दुर्घटना समेत बढ्ने भएकाले सडक सुरक्षाका लागि जेब्रा क्रसिङ अत्यावश्यक भएको उनले बताए।
प्रमुख भट्टराईका अनुसार काठमाडाैं जाने सडक, चरिघ्याङ जाने सडक बिच बजार जाने सडक,तामाकाेशी जाने सडक गरि मुख्य बजारका ४ स्थानमा निर्माण गरिएको छ । हाटबजार क्षेत्र, विद्यालय क्षेत्र, मुख्य चोकहरुमा जेब्रा क्रसिङ निर्माण गर्दा पैदल यात्रुलाई सहज हुनेछ। विशेष गरी ग्रामीण क्षेत्रबाट सदरमुकाममा विविध काम लिएर आउने सर्वसाधारण बढी समस्यामा परेको गुनासो थियो। सदरमुकाम जस्तो मुख्य बजारमा जेब्रा क्रसिङ निर्माण नहुँदा यहाँको ट्राफिक नियम व्यवस्थालाईनै सडकले गिज्याइरहेको थियो।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!