आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home Bannerदोलखाको सिंगटी ड्याममा युवकको शव फेला

दोलखाको सिंगटी ड्याममा युवकको शव फेला

by herdaherdaimedia
0 comments 30 views

दोलखा, भदौ ५ — दोलखाको कालिन्चोक गाउँपालिका–२ स्थित सिंगटी हाइड्रोपावरको सोरुम खोला ड्याममा एक युवकको शव फेला परेको छ।

बिगु गाउँपालिका–५ चिलंखाका २१ वर्षीय राजु तामाङ माछा मार्न भनी भदौ ४ गते बिहान घरबाट निस्केका थिए। तर साँझसम्म घर नफर्किएपछि परिवारले खोजी थालेका थिए।

भदौ ५ गते बिहिवार बिहान करिब १०:३० बजे सिंगटी हाइड्रोपावरका कर्मचारी राजिव थामीले ड्याममा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी टोली पुगेको र आवश्यक अनुसन्धान सुरु गरेको छ।

प्रहरीका अनुसार शवको पहिचान गर्दा राजु तामाङ नै रहेको पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धानमा माछा मार्न जाँदा डुबेर मृत्यु भएको अनुमान गरिएको छ। तर घटनाको पूर्ण सत्यता पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment