आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home कला/मनोरञ्जनदोलखाको ‘हेर्दाहेर्दै मिडिया’ सम्मानित

दोलखाको ‘हेर्दाहेर्दै मिडिया’ सम्मानित

by herdaherdaimedia
0 comments 5 views

दोलखा। दोलखाबाट सञ्चालित ‘हेर्दाहेर्दै मिडिया’लाई सम्मान गरिएको छ। उद्योग वाणिज्य संघ दोलखा द्वारा आयोजित बृहत दोलखा महोत्सवमा हेर्दाहेर्दै डटकम सम्मानित भएको हो । संघले महोत्सव अवधिभर महोत्सवलाई भव्यरुपमा सफल पार्न निरन्तर रुपमा निर्वाह गरेको महत्वपुर्ण भूमिकालाई मुल्यांकन गर्दै सम्मानित गरिएको दोलखा उद्योग वाणिज्य महासंघका महासचिव सुरेश उप्रेतिले जानकारी दिए ।त्यस्तै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सदस्य तथा हेर्दाहेर्दै मिडिया कर्मी राजकुमार भुजेल , पत्रकार तारादेबि बस्नेतलाई पनि सम्मान गरिएको छ ।
महोत्सव गत पुष १३ देखि २४ गते सम्म सदरमुकाम चरिकोटमा सञ्चालन भएको थियो ।

सम्मान ग्रहण गर्दै हेर्दा हेर्दै मिडियाका अध्यक्ष अविरल बस्नेतले स्थानीय उत्पादन, कला, संस्कृति तथा प्रतिभाहरुको उत्थान, जर्गेना र प्रचारप्रसारमा महोत्सवले खेलेको भूमिका सराहनीय रहेको भन्दै संघले गरेको सम्मानबाट थप जिम्मेवारी र हौसला मिलेको बताए ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment