आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारदोलखाको २८ सय १४ हेक्टर धान खेती जग्गामा हालसम्म ५८ प्रतिशत बढी धान रोपाइँ सम्पन्न

दोलखाको २८ सय १४ हेक्टर धान खेती जग्गामा हालसम्म ५८ प्रतिशत बढी धान रोपाइँ सम्पन्न

by herdaherdaimedia
0 comments 6 views

दोलखा। जिल्लामा हालसम्म ५८ प्रतिशत भन्दा बढी धान रोपाइँ सम्पन्न भएको छ। जिल्लामा २ हजार ८ सय १४ हेक्टर धानखेती योग्य जमिन भएकोमा ५८ दशमलव ३ प्रतिशत धान खेती सम्पन्न भएको कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाका कृषि अधिकृत नन्दराज ओलीको जानकारी दिए।

उनको अनुसार यो वर्ष समयमा पानी नपर्दा धान रोपाइँ समयमै सम्पन्न गर्न ढिलाई हुने भएको छ ‌। जिल्लामा धेरैजसो भुभागमा आकासे पानीकै भर पर्नुपर्ने हुन्छ कृषि अधिकृत ओलीले भने “यो वर्ष गत वर्षको तुलनामा धान उत्पादनमा कमि आउने आकलन गरिएको छ।” अहिले बर्खे झरी परेसँगै जिल्लामा धान रोपाइँ गर्न किसानहरू व्यस्त रहेका छन्।

गत वर्षमा २ दशमलव ९ मेट्रिकटन धान उत्पादन भएको थियो भने यो बर्ष समयमै पानी नपरेका कारण १ महिना ढिलाई गरी रोपाइँ भएको पाइएको छ। जस्ले गर्दा यो वर्ष गत वर्षको तुलनामा धान उत्पादन कमि आउने कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाले जनाएको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment