आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारदोलखाबाट “मेरो साथी” भन्ने रेडियो कार्यक्रमबाट चिनजान,प्रमिलाले विवाह गर्न दबाब दिएपछि हत्या

दोलखाबाट “मेरो साथी” भन्ने रेडियो कार्यक्रमबाट चिनजान,प्रमिलाले विवाह गर्न दबाब दिएपछि हत्या

by herdaherdaimedia
0 comments 3 views

काठमाडौँको एक होटलमा गत माघ २७ गते मृत अवस्थामा फेला परेकी प्रमिला दमाईको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको प्रहरीले बताएको छ ।सोमबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले यसबारेमा जानकारी गराएको हो ।

माघ २७ गते काठमाडौं महानगरपालिका वडा नम्बर ९ गौशाला रुन्चे डाँडास्थित एक होटलमा प्रमिला दमाईको शव फेला परेको थियो । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दोलखा वैतेश्वर गाउँपालिका ७ भई अहिले काठमाडौं डेरा गरी बस्ने कुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको बताए । उनको जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौं महानगरपालिका ९ भीमसेनगोलामा मृतक श्रीमान नसे दमाईंसँग डेरा गर्दै बस्दै आएको बताए ।

एसएसपी खत्रीकाअनुसार प्रमिला र कुमारबीच दोलखाको एक रेडियो कार्यक्रममार्फत चिनजान भएको थियो । दुवै विवाहित रहेको प्रहरीले बताएको छ । उनले भने ‘माघ २७ गते काठमाडौं महानगरपालिका वडा नम्बर ९ गौशाला रुन्चे डाँडास्थित सिरहा–धनुषा होटल एण्ड लजमा भएको घटना हो । जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ५ घर भई अहिले काठमाडौं महानगरपालिका ९ भीमसेनगोलामा निजको श्रीमान नसे दमाईंसँग डेरा गर्दै बस्दै आउनुभएका प्रमिला दमाईको हो भनी पहिचान भएको छ । हामीले प्रतिवादी बनाएका दोलखा वैद्येश्वर गाउँपालिका ७ भई अहिले काठमाडौं डेरा गरी बस्ने कुमार श्रेष्ठ । दोलखाबाट मेरो साथी भन्ने रेडियो कार्यक्रमबाट भेट भएको ।’

उनले पछिल्लो समय प्रमिलाले आफूसँग विवाह गर्न दबाब दिएपछि कुमारले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment