दोलखा।
जिल्लाको गौरीशंकर गाउँपालिकामा आगामी मंसिर १६ गते हुने उपनिर्वाचनल निर्वाचन आचारसंहिता लागु भएसँगै अब हातहतियार बोकेर हिड्न र निर्वाचन विरोधी सन्देश प्रवाह गर्न नपाईने भएको छ।
जिल्ला प्रसाशन कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचनलाई स्वच्छ, निस्पक्ष, पारदर्शी भयमुक्त वातावरणमा सम्पन्न गर्ने सन्दर्भमा निर्वाचन आचार संहिताको पालना गर्न राज्यका सबै अंगहरु, राजनैतिक दल, उम्मेदवार, संचार क्षेत्र र आम नागरिकको महत्वपूर्ण भुमिका रहेको जानकारी दिँदै जिल्ला प्रसाशन कार्यालय दोलखाले यस्ताे निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल द्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचनको सन्दर्भमा हातहतियार बोकी हिड्न निषेध गरिएको छ। सामाजिक मर्यादा तथा निर्वाचन आचार संहिता विपरित धव्य दृश्य (टेलिभिजन,एफ.एम रेडियो, छापा पत्रपत्रिका) अनलाइन मिडिया लगायत सामाजिक सञ्जाल मार्फत राजनितिक दल, उम्मेदवार, मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षा कर्मी लगायत कोही प्रति पनि लक्षित गरी गालीगलौज तथा भ्रामक सूचना र निर्वाचन विरोधी सन्देश प्रवाह नगर्न नगराउन समेत अनुरोध गरेको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!