आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार

दोलखामा एक वर्षमा ३५ वटा सवारीसाधन दुर्घटना हुदाँ ११ जनाको...

Home समाचारदोलखामा एक वर्षमा ३५ वटा सवारीसाधन दुर्घटना हुदाँ ११ जनाको मृत्यु,९९ जना घाइते 

दोलखामा एक वर्षमा ३५ वटा सवारीसाधन दुर्घटना हुदाँ ११ जनाको मृत्यु,९९ जना घाइते 

by herdaherdaimedia
0 comments 5 views

राजकुमार भुजेल,दोलखा। आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा ३५ वटा सवारीसाधन दुर्घटनामा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको तथ्याङ्क अनुसार १२ महिनाको अवधिमा जिल्लामा ठुला तथा साना गरी ३५ वटा सवारीसाधन दुर्घटनामा परेका हुन् ‌ ।

 दुर्घटनामा परि ११ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख, प्रहरी सहायक निरिक्षक (असई) ठाकुर प्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार ३० जना पुरुष, १२ जना महिला र १ जना बालक गरि ५३ जना गम्भीर घाइते भएका छन् ‌ ‌ त्यस्तै ३६ जना पुरुष,१८ जना महिला ,१/१ जना बालक र बालिका सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको तथ्याङ्कमा उल्लेख छ। 

कार्यालयले यस अवधिमा ८ हजार २४ वटा सवारी कारबाहीबाट ६४ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै जिल्ला भित्रका विभिन्न माध्यमिक विद्यालय र सवारीसाधनका चालकहरुलाई गरि ३ सय ४६ पटक जनचेतनामुलक कार्यक्रम संचालन गरेको थियो भने उक्त कार्यक्रमबाट ५१ हजार भन्दा बढी लाभान्वित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment