राजकुमार भुजेल,दोलखा।
एसईई दिएर पौडी खेल्न गएका एक विद्यार्थीको तामाकोशीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा विगु गाउँपालिका –२ ओराङका १७ वर्षीय देवलिङ्गेश्वर माविमा अध्यनरत प्रविण तामाङ रहेका छन्।
आज बिहान एसईई परीक्षा दिएर तामाकोशी नदीमा पौडी खेल्न गएका उनलाई नदीले बगाएपछि पौडि खेल्न सँगै गएका साथी सोनाम तामाङले जानकारी गराएका थिए। हाल घटनास्थलमा प्रहरी टोली खटिएको र थप विवरण आउन बाँकी रहेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक ईन्स्पेक्टर दाताराम अधिकारीले जानकारी दिए ।
मृतक तामाङ परीक्षा दिनको लागि जगत स्थित कोठा भाडामा लिई बसेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!