आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार

दोलखामा गाडी भाडामा व्यवसायीको ठगी, यात्रु मर्कामा

Home Bannerदोलखामा गाडी भाडामा व्यवसायीको ठगी, यात्रु मर्कामा

दोलखामा गाडी भाडामा व्यवसायीको ठगी, यात्रु मर्कामा

by herdaherdaimedia
0 comments 6 views

अबिरल बस्नेत ` सुरज´

दोलखा । चाडपर्वको मौकामा दोलखामा सवारी साधनहरूले मनपरी भाडा असुलेपछि यात्रु मर्कामा परेका छन् । दोलखा देखि काठमाडौं सम्मको बस भाडा ५ सय रुपैयाँ तोकिएको भएपनि यातायात व्यवसायीले दोब्बर भाडा असुलेपछि यात्रु मर्कामा परेका हुन् ।

दोलखाका ग्रामीण सडकमा साना जीप तथा बोलेरो गाडीहरुले पनि निर्धारित भाडाभन्दा दोब्बर रकम लिइरहेका छन् । व्यवसायीहरूले चाडपर्वको फाइदा उठाउँदै भाडामा मोलमोलाइ गरिरहेका छन्।

यस वर्ष ट्राफिक प्रहरीले सवारी साधनको जाँचमा कडाइ गरेको बताएपनि सवारी साधनमा भाडामा ठगी तथा क्षमताभन्दा बढी यात्रु बोक्ने काम भइरहेको छ ।

अर्कोतर्फ रिजर्भको नाममा पनि व्यवसायीले यात्रुहरूलाई ठग्ने गरिरहेका छन् । ट्राफिक प्रहरीको वेवास्ताका कारण ठगी गर्ने यातायात व्यवसायीहरु झनै हौसिएका छन् । यात्रु लुटिइरहँदा प्रशासन भने मौन छ ।

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment