दोलखा।
दोलखामा ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका एक किशोरको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बैतेश्वर गाउँपालिका – ४ घर भई भिमेश्वर नगरपालिका – ३ चरिघ्याङ बस्ने १५ को युवराज बस्नेत रहेका छन् ।
हिजो दिउसो भिमेश्वर नगरपालिका – ५ स्थित अपर रोड बाट चरिकोट तर्फ आउँदै गरेको लु ४ त ४१२६ नम्बरको ट्रयाक्टरको पछाडि बसेर आउने क्रममा ट्याक्टरबाट लड्दा उनी गम्भीर घाइते भएका थिए।। त्यसपछि उनलाई सदरमुकाम चरिकोट स्थिति च्छोरोल्पा जनरल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका हेलिकप्टर मार्फत ग्रयाण्डी अस्पताल काठमाडौँ पठाइएको थियो। तर उनको उपचारका क्रममा हिजो बेलुका नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक दाताराम अधिकारीले जानकारी दिए।
अहिले चालक मकवानपुर घर भएका अशोक रुम्बा प्रहरीको नियन्त्रणमा छन्
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!