राजकुमार भुजेल,दोलखा।
दोलखामा ट्याक्टरबाट लडेर एक किशोर गम्भीर घाइते भएका छन्। गम्भीर घाइते हुनेमा बैतेश्वर गाउँपालिका – ४ घर भई भिमेश्वर नगरपालिका – ३ चरिघ्याङ बस्ने १५ वर्षिय युवराज बस्नेत रहेका छन् ।
आज दिउसो भिमेश्वर नगरपालिका – ५ स्थित अपरसडक बाट चरिकोट तर्फ आउँदै गरेको लु ४ त ४१२६ नम्बरको ट्रयाक्टरको पछाडि बसेर आउने क्रममा ट्याक्टरबाट उनी लड्दा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकृत दाताराम अधिकारीले जानकारी दिए।उनका अनुसार बस्नेतको अवस्था चिन्ताजनक रहेको छ। उनलाई सदरमुकाम चरिकोट स्थिति च्छोरोल्पा जनरल अस्पतालमा उपचार पश्चात थप उपचारका हेलिकप्टर मार्फत ग्रयाण्डी अस्पताल काठमाडौँ पठाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
अहिले चालक र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!