आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारदोलखामा ट्राफिक नियम उल्लंघन गर्नेलाई ‘डिजिटल चिट’,बैंक धाउनुपर्ने झन्झटबाट छुटकारा 

दोलखामा ट्राफिक नियम उल्लंघन गर्नेलाई ‘डिजिटल चिट’,बैंक धाउनुपर्ने झन्झटबाट छुटकारा 

by herdaherdaimedia
0 comments 7 views

दोलखा।

ट्राफिक नियम उल्लंघन गरेबापत सवारी चालकले ठाउँकाठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था लागु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले आइतबार देखी यो नियम लागु गरेको हो।

ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई ‘ई–चलान’ (डिजिटल चिट) दिने र तत्कालै नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था मिलाएको जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराईले बताए। उनका अनुसार अब यो ब्यबस्था लागु भएसँगै सवारि चालकहरुलाई बैंक पुगेर जरिवाना तिर्नु पर्ने झनझटबाट छुटकारा मिलेको बताए। 

डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस प्रयोग भएका छन्। यो नियम कार्यान्वयनमा आएसँगै अब सवारी चालकले चालक अनुमतिपत्र बोक्नु नपर्ने र ट्राफिक प्रहरीलाई नागरिक एपमार्फत चालक अनुमतिपत्र देखाउन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ।

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment