आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारदोलखामा ट्राफिक प्रहरीको सक्रियता : दुई सातामै दुई वटा चोरीका मोटरसाइकल नियन्त्रणमा

दोलखामा ट्राफिक प्रहरीको सक्रियता : दुई सातामै दुई वटा चोरीका मोटरसाइकल नियन्त्रणमा

by herdaherdaimedia
0 comments 6 views

राजकुमार भुजेल,दोलखा। दोलखामा ट्राफिक प्रहरीको सक्रियता बढ्दै गएको छ । जिल्ला ट्राफिक कार्यालय चरिकोट, दोलखाले वैशाख महिना भित्र सदरमुकाम चरिकोट लगायत मुख्य बजार क्षेत्रमा दुई हप्ताको अवधिमाना २ वटा चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको हो ।‌

शुक्रबार बिहान दोलखाको लामोसाँघुजिरी सडकखण्डमा अन्तर्गत भीमेश्वर नगरपालिका-६ महादेव खोलामा ट्राफिक कार्यालय दोलखाले चेकजाँचका क्रममा बा ९३ प ५०९५ नम्बरको मोटरसाइकल फेला पार्यो। उक्त मोटरसाइकललाई ट्राफिक कार्यालय दोलखाका इन्चार्ज प्रहरी सहायक निरीक्षक ठाकुर प्रसाद भट्टराईको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा सवारी दर्ता किताब साथमा नभएको अवस्थामा भेट्यो। उक्त मोटरसाइकलको महत्वपूर्ण कागजात नभेटेपछि मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा भक्तपुरबाट हराएको मोटरसाइकल नयाँ नम्बर प्लेट परिवर्तन गरि चलाएको खुल्न आयो ।अनुसन्धानका क्रममा उक्त मोटरसाइकल काभ्रे पाँचखालका २९ वर्षिय विश्वकाजी श्रेष्ठको भएको थाहा भयो । मोटरसाइकल हराएपछि श्रेष्ठले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा निवेदन दिएका थिए । ट्राफिक प्रहरी दोलखाले मोटरसाइकल भएको पत्ता लागेपछि मोटरसाइकल धनी रुेष्ठलाई शनिबार बेलुका नै खबर गरेका थिए। त्यसपछी आइतबार प्रहरीले श्रेष्ठलाई मोटरसाइकल बुझाएको छ । यता मोटरसाइकल चोरी गर्ने युवकलाई थप अनुसन्धानका लागि काठमाडौं उपत्यका परिसरमा पठाइएको छ ।

गत साता पनि चरिकोटमा जिल्ला ट्राफिक कार्यालय दोलखाले काठमाडौँको गोकर्णेश्वर नगरपालिका१ मा बस्ने विमल खड्काको वागमती प्रदेश ०२-०२८ प ८२२९ नम्बर प्लेटको मोटरसाईकल फेला परेको थियो।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment