आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारदोलखामा ट्राफिक सचेतना अभियान उत्साहजनक हुदाँ राजस्व संकलन र दुर्घटनामा कमि

दोलखामा ट्राफिक सचेतना अभियान उत्साहजनक हुदाँ राजस्व संकलन र दुर्घटनामा कमि

by herdaherdaimedia
0 comments 8 views

दोलखा।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले करिब ७ महिनाको अवधिमा २३ लाख बढी राजस्व संकलन गरेको छ। गत साउन महिनादेखि जिल्लामा टिभिआरयस प्रणालीबाट सवारीसाधनलाई कार्वाही गर्दा ३३ लाख ५५ हजार राजश्व संकलन गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको तथ्याङ्क हेर्ने हो भने २ हजार ४ सय १४ वटा ठुला तथा साना सवारीसाधन कार्वाहीमा परेका थिए।सो अवधिमा २० वटा सवारीसाधन दुर्घटनामा परेका छन्। जसमा ७ जनाले ज्यान गुमाएका छन् भने ८ जना गम्भीर घाइते हुदाँ ४५ जना सामान्य घाइते भएका छन् । कार्यालयको तथ्याङ्क अनुसार पुरुष ४ जना र महिला ३ जना गरी ७ जनाले ज्यान गुमाएका हुन्। 

यस्तै ट्राफिक प्रहरीले सुरु गरेको सडक सुरक्षा तथा ट्राफिक सचेतनामुलक कार्यक्रमले जिल्लामा गत वर्षको तुलनामा यो वर्ष राजस्व संकलन, सडक दुर्घटना र ज्यान गुमाउने सङ्ख्यामा कमि आउँदा ट्राफिक सचेतना अभियान उत्साहजनक भएको कार्यालका प्रमुख ठाकुर प्रसाद भट्टराईले बताए।

उनले भने -“हाम्रो लागि खुसीको कुरा हो हामीले अभियान सञ्चालन गरेको कार्यक्रमले पछिल्लो समयमा सडक दुर्घटना र राजस्व संकलनमा कमि आएको छ । जसले गर्दा सुरक्षित यात्रा भएको महसुस हुँदैछ । अब पहिलाको जस्तो छैन हामी ले सडक देखी विद्यालय सम्म अभियान सञ्चालन गरिरहेका छौं र अभियान चलिरहनेछ ।”

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment