दोलखामा तात्यो अनेरास्ववियु (क्रान्तिकारी) को २० औँ जिल्ला सम्मेलनको माहोल

दोलखा। नेकपा (माओवादी) केन्द्र निकट भात्री विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) दोलखाको २० औँ जिल्ला सम्मेलनको माहोल तातेको छ। विद्यार्थी निकट सङ्गठन (क्रान्तिकारी) दोलखाको २० औँ सम्मेलनको मिति नजिकिए सँगै जिल्लामा माहोल बढेको हो।

शनिबारमात्रै जिरी नगरपालिकाको सम्मेलन प्रबिन महतको संयोजकत्वमा ३० सदस्यिय कार्यसमिती गठन गर्दै सम्पन्न भएको थियो। क्रन्तिकारी दोलखाले सबै पालिकाहरुको सम्मेलन सम्पन्न गर्दै आगामी असार २ गते जिल्लाको कालिञ्चोक गाउँपालिका स्थित सिङ्गटीमा २३ औँ प्रताप स्मृति दिवसको अवसरमा प्रताप स्मृति कलेजमा भव्यरुपमा सम्पन्न हुदैछ। अहिले जिल्लाका भिभिन्न पालिकाहरुमा खटाउन प्रतिनिधि छनोटको कार्य भइरहेको छ।

त्यस्तै सम्मेलनको बिषयमा सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन मार्फत जानाकारी गराउने तयारी भइरहेकाले सङ्गठनले जनाएको छ। सम्मेलनले जिल्लामा नयाँ नेतृत्व चयन गर्दैछ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता