दोलखा, साउन २३ –
दोलखा जिल्लाको मेलुङ गाउँपालिका–७ मालुखोला नजिक चरिकोट–मन्थली मुख्य सडकखण्डमा आज (बिहीबार) बिहान पहिरो खस्दा सडक आंशिक रूपमा अवरुद्ध भएको छ।
सडक माथिबाट आएको पहिरोका कारण सवारी आवागमनमा असहजता भएको हो। घटनापछि बाटो खुलाउने कार्यका लागि JCB मेसिन परिचालन गरिएको छ भने, नेपाल प्रहरी र सडक विभागको टोली समेत घटनास्थलमा खटिएको स्थानीय प्रशासनले जनाएको छ।
प्राविधिक टोलीको प्रयास जारी रहेको र केही समयमै सडक पुनः सञ्चालनमा आउने अनुमान गरिएको छ। स्थानीय बासिन्दा तथा यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।