दोलखामा फागुन २१ देखि प्रथम बागमती प्रदेश स्तरिय अन्तर पालिका भलिबल प्रतियोगिता हुने 

दोलखा। दोलखामा आगामी फागुन २१ गते देखि प्रथम बागमती प्रदेश स्तरिय अन्तर पालिका भलिबल प्रतियोगिता हुने भएको छ। दोलखा युवा सञ्जालको आयोजनामा आगामि फागुन २१ गते देखी २५ गते सम्म प्रथम बागमती प्रदेश स्तरिय अन्तर पालिका सहिद क. रित बहादुर खड्का स्मृति भलिबल प्रतियोगिता हुने भएको हो।

दोलखा युवा संजालले खेल पर्यटन प्रवर्द्धनको माध्यम मार्फत दोलखा जिल्लाको पर्यटन गतिविधिलाई चलायमान गराउन प्रतियोगिताको आयोजना गरेको सञ्जालका अध्यक्ष पुष्कर अधिकारीले बताए ।त्यस्तै जनयुद्दका अग्रमोर्चाका योद्दा, तथा पूर्वका चम्किला तारा कमरेड रित बहादुर खड्‌का ‘प्रताप’ को व्यक्तित्व र कृतित्व र स्मृतिको निरन्तरताको लागि सर्वाधिक पुरस्कार राशिको “प्रथम बागमती प्रदेश स्तरीय अन्तर पालिका सहिद कमरेड रित बहादुर खड्‌का स्मृति भलिवल प्रतियोगिता” आयोजना गरेको उनले बताए ।

प्रतियोगितामा विजेता, उपविजेता, तृतीय र सान्त्वना हुने टिमले क्रमशः २ लाख ५१ हजार,१ लाख ५१ हजार,५१ हजार र २१ हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन्। खेल सदरमुकाम चरिकोट स्थित भिमेश्वर रङ्गशालामा हुनेछ । 

 

Related posts

टप एण्ड टी-२० सिरिज: आज पाकिस्तानसँग भिड्दै नेपाल

भीमबहादुर तामाङको १३औं स्मृतिमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता

शान्ति आदर्श मावि लादुकलाई अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि