दोलखामा बाँदर धपाउँदा लडेर एकजनाको मृत्यु

दोलखा

बाँदर धपाउँदा लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विगु गाउँपालिका – ४ सोईसाङका ४५ वर्षिय सोम छिरिङ तामाङ रहेका छन् ।

आफ्नै घर नजिकैको गहुँबारीमा बाँदर धपाउन जाने क्रममा लडेर गम्भीर घाईते भएका थिए ।उनलाई उपचारका लागि काठमाडौं स्थित टिचिङ अस्पताल भर्ना गरिएको थियो ।

उनको सोही अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता