आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारदोलखामा बाहिरी जिल्लाबाट हराएका मोटरसाइकल धमाधम भेटिन थाले

दोलखामा बाहिरी जिल्लाबाट हराएका मोटरसाइकल धमाधम भेटिन थाले

by herdaherdaimedia
0 comments 3 views

राजकुमार भुजेल,दोलखा। दोलखामा पछिल्ला दिनहरूमा बाहिरी जिल्लाहरुबाट हराएका मोटरसाईकल भेटिने क्रम बढ्न थालेको छ। बाहिरी जिल्लामा पार्किङ गरि राखे मोटरसाईकल वा अन्य कुनै किसिमले राखेको ठाउँबाटनै लुकाइछिपाई गरेर चोरेको मोटरसाईकल दोलखामा भेटिन थालेका हुन् ।

 

शनिबार जिल्ला ट्राफिक कार्यालय चरिकोट, दोलखा र दोलखा ट्राफिक कार्यालय दोलखाका इन्चार्ज प्रहरी निरीक्षक ठाकुर प्रसाद भट्टराईको कमाण्डमा खटिएको टोलिले भक्तपुरबाट हराएको मोटरसाइकल चेकजाँच गर्ने क्रममा फेला पारेको छ। भिमेश्वर नगरपालिका – ६ महादेवखोलामा काठमाडौंबाट चरिकोट तर्क जाँदै गरेको बा ९३ प ५०९५ (परिवर्तन गरेको प्लेट नम्बर) नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चोरीको मोटरसाईकल फेला परेको इन्चार्ज प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए।उनका अनुसार सवारी चालकलाई चेकजाँच गर्ने क्रममा उक्त  मोटरसाइकलको खास नम्बर प्लेट परिवर्तन गरि सवारी दर्ता किताब साथमा नभएकोले सोधपुछ गरी सवारी र चालकलाई जिल्ला प्रहरी कार्यलयले पारम्भिक अनुसन्धान गरेको थियो। सो अनुसन्धानका क्रममा भक्तपुरबाट गत वैशाख १ गते हराएको बा ८७ प ६९५७ नम्बरको मोटरसाइकल रहेको जिल्ला प्रहरी परिसरबाट  खुल्न आएको हो । त्यस्तै उक्त मोटरसाइकललाई फेला पारी अहिले  सम्बन्धित सवारी धनिलाई खबर गरि थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ।

 

गत हप्तामा पनि काठमाडौं गोकर्णेश्वर नगरपालिकाबाट हराएको मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरि वागमती प्रदेश ०२-०२१प ७४६६  नम्बरको नयाँ  नम्बर प्लेट बनाई चलाएको अवस्थामा फेला पारेको थियो।अहिले जिल्ला ट्राफिक कार्यालय दोलखामा इन्चार्ज प्रहरी सहायक निरीक्षक ठाकुर प्रसाद भट्टराई आएपछि पछिल्ला दिनहरूमा ट्राफिक व्यवस्थापन तथा चेकजाँचमा कडाई हुदै आएको देखिन्छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment