दोलखामा भोलिदेखी जिल्ला अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु हुने

राजकुमार भुजेल,दोलखा।

जिल्लामा भोलिदेखी दो जोडि.एस.एफ कप-२०८१ अर्थात् जिल्ला अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु हुने भएको छ। दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा सदरमुकाम चरिकोट स्थित भिमेश्वर कभर हलमा प्रतियोगिता सुरु हुने भएको हो।

सोमबार दोलखा स्पोर्टस फेलोसिपले होटल एम्ब्रोसियामा पत्रकार सम्मलेन मार्फत ट्रफी सार्वजनिक गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो।

 प्रतियोगितामा ११ वटा टिमको सहभागीता रहनेछ ‌ । जिल्ला भित्रका शिक्षकहरूको सम्बन्ध बिस्तार भाइचारा कायम राख्ने उदेश्यले प्रतियोगिता सञ्चालन गरेको फेलोसिपका अध्यक्ष शक्ति पाख्रिनले जानकारी दिए।

प्रतियोगिताको उदघाटन बागमती प्रदेश सभा सदस्य भरत केसीले गर्नेछन्। प्रतियोगिता १७ गतेसम्म हुनेछ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता