आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाजदोलखामा माओवादी विशेष रुपान्तरण अभियान सुरु

दोलखामा माओवादी विशेष रुपान्तरण अभियान सुरु

by herdaherdaimedia
0 comments 7 views

दोलखा । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ दोलखामा सुरु भएको छ । दुई नगरपालिका र सात वटा गाउँपालिकामा विभिन्न कार्यक्रम गरि कार्यक्रमको सुरुवात भएको हो ।

कालिन्चोक गाउँपालिकामा स्थानीय डिम्याट खाता खोलेर, सडक सरसफाई तथा गरिब विपन्न विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरेर अभियानको सुरुवात गरिएको हो । शनिवार स्थानीयको घरमै पुगेर डिम्याट खाता खोलेर उक्त अभियानको सुरुवात गरिएको छ । कार्यक्रम अन्तर्गत विगु गाउँपालिकामा विद्यालय सरसफाई तथा वृक्षरोपण गरिएको छ भने शैलुङ गाउँपालिका र जिरी नगरपालिकामा वर्षाले बिगारेको सडकको मर्मत गरिएको छ । यसै अवसरमा मेलुङ गाउँपालिकामा वडा पार्टी कार्यालयको उद्घाटन गरिएको छ भने भिमेश्वर नगरपालिका ,तामाकोशी गाउँपालिका र गौरीशंकर गाउँपालिकामा पनि विभिन्न सामाजिक कार्य गरेर अभियानको सुरुवात गरिएको छ ।

विशेषगरी जनतामा माओवादी एकताको सन्देश दिँदै आम जनविश्वास दिलाउने उदेश्य अनुरुप सञ्चालित यस अभियान ३ महिनासम्म चल्नेछ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment