दोलखामा यात्रुवाहक बसको छतबाट खसेर सिन्धुपाल्चोक घर भएका सह-चालक घाइते

राजकुमार भुजेल,दोलखा।

दोलखामा यात्रुवाहक बसको छतबाट खसेर सिन्धुपाल्चोक घर भएका सह-चालक घाइते भएका छन्। घाइते हुनेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका -८ बस्ने ३० वर्षिय राज कुमार कार्की रहेका छन्।

शनिबार दिउसो साडे २ बजेको समयमा भिमेश्वर नगरपालिका ३ सडक कार्यालय अगाडी बा प्र.०१-००६ ख ३५४२ नम्बरको बसको छतमा सामान बाँध्ने क्रममा उनि लडेर घाइते भएका थिए।घाइते कार्कीलाइ सदरमुकाम चरिकोट स्थित च्छोरोल्पा जनरल अस्पतालमा सामान्य उपचारपछि धुलिखेल अस्पताल,काभ्रे पठाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक दाताराम अधिकारीले जानकारी दिए। उनको टाउकोमा चोट लागेको छ भने अवस्था बोल्न सक्ने मध्यम खालको भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

त्यस्तै काभ्रेपलान्चोक भुम्लु गाउँपालिका -१० बस्ने ३६ वर्षिय निर्मल लामालाई जिल्ला प्रहरी कार्यालय दोलखाले नियन्त्रणमा लिइ अनुसन्धान अघि सारेको छ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता