राजकुमार भुजेल, दोलखा।
तिहारका बेला दोलखामा राति देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले बुधबार एक सुचना सार्वजनिक गर्दै राति १० बजेपछि देउसी भैलो खेल्न नपाउने निर्णय गरेको हो।
दीपावली पर्व मनाउने क्रममा भूईचम्पा, पटाका, आतिसवाजी जस्ता प्रज्वलशील पदार्थहरु उत्पादन, ओसापसार, विक्री वितरण र प्रयोग नगर्नु भनेको छ। मादक पदार्थको सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने एवं झैझगडा गर्ने कार्य नगर्न, जुवातास, कौडा, गोटी तथा लङगुरबुर्जा जस्ता जुवाजन्य खेल नखेल्न पनि प्रशासनले आग्रह गरेको छ।
त्यस्तै प्रशासनले जारी गरेको सूचनाको अवज्ञा गरी कोही कसैले सुचना विपरित कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने नि.प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठद्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!