आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारदोलखामा रोल्वालिङ यातायातले सञ्चालनमा ल्यायोे तीन वटा (एसी) डिलक्स बस 

दोलखामा रोल्वालिङ यातायातले सञ्चालनमा ल्यायोे तीन वटा (एसी) डिलक्स बस 

by herdaherdaimedia
0 comments 3 views

दोलखा।दोलखामा रोल्वालिङ यातायातले  तीन वटा डिलक्स बस सञ्चालनमा ल्याएको छ। रोल्वालिङ यातायात समिति दोलखाले बिहिबारबाट काठमाडौं देखि लामाबगर सम्म बस सेवा सञ्चालनमा ल्याएको हो।

बिहिबार सदरमुकाम चरिकोटमा एक कार्यक्रमका बीच तिनै वटा डिलक्स (एसि) बसको उदघाटन भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेत,नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाइ र दाेलखा उद्योग बाणिज्य संघका महासचिव सुरेश उप्रेतीले संयुक्त रुपमा रिवन काटेर गरेका थिए।

सो अवसरमा समितिका अध्यक्ष मिङ्गुर शेर्पाले ग्रामिण भेगमा रहेका जनतालाई सदमुकाम तथा राजधानी काठमाण्डौ सम्म आरामदायी सुविधाका लागि नागरिकलाई लैजान उक्त बस सेवा सञ्चालनमा ल्याएको बताए।त्यस्तै उनले अन्य बसहरुको भन्दा २० प्रतिशत भाडा बढी लाग्ने जानाकारी दिए।उक्त बसले पहिलो चरणमा काठमाडौं देखि लामाबगर सम्म सेवा दिएको छ। रोल्वालिङ यातायात सहकारी मार्फत सञ्चालन हुँदै आएको यो समितिले हाल चरिकोटबाट बर्दीबास र वीरगन्जसम्म सेवा दिँदै समेत आएको छ। 

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment