राजकुमार भुजेल,दोलखा।
अब लागु पदार्थ सेवन गरेर चलाउने सवारी चालकलाई कारबाही हुने भएको छ। जिल्ला जनस्वास्थ्य कार्यलय दोलखा र ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा आजदेखि लागुपदार्थ सेवन परिक्षण कार्यक्रम सुभारम्भ गरेको हो।
सदरमुकाम चरिकोटमा कार्यक्रमको उद्घाटन गर्दै जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख शिवराम गेलालले सवारी दुर्घटना न्युनिकरणका लागि लागु पदार्थ सेवन जाँच प्रभावकारी हुने बताए। मापसे लापसे नगरेर सवारी साधन चलाउने कार्यको लागि प्रहरी र नागरिक एकआपसमा सहकार्य र समन्वय गरी आगाडि बढ्नु आवश्यक रहेको उल्लेख गरे । कार्यक्रमलाई सम्बोधन गर्दै भिमेश्वर नगरपालिका नगर प्रमुख इश्वर नारायण मानन्धरले पनि सवारीसाधनको गति नियन्त्रण र ट्राफिक नियमका बारेमा सवारी चालक तथा अन्य सर्वसाधारणलाई समेत सचेत पार्नु अति आवश्यक देखिएको बताए। लागु पदार्थ सेवन न्यूनिकरणका रचनात्मक कार्यक्रमहरु गाउँघरमा पनि सञ्चालन गर्दा गाउँघरबाट आउने सवारीसाधनका सवारीचालक सचेत हुने दावी गरे।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक दाताराम अधिकारीले लामोसाँघु-जिरी सडकअन्तर्गत जिल्ला भित्रका विभिन्न ठाउँहरूमा जुनसुकै बेलामा पनि सवारी चालकहरुमा चेकजाँच हुने बताए । उक्त चेकजाँचका क्रममा मापासे गरेको पाइएमा उनिहरुलाई कानुन बमोजिम कारवाही गरिने बताए । सो कार्यक्रमले सवारी दुर्घटनालाई न्युनिकरण गर्ने र लागु औषध प्रयोग तथा ओसार पसार घट्ने समेत विश्वास व्यक्त गरे।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय दोलखाका कार्यालय प्रमुख उत्तम खनालले मापासे चेक गर्ने किट हस्तान्तरण गरेका थिए। सो किटका माध्यमबाट उनिहरुलाई चेकजाँच गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराईले बताए।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!