दोलखा — दोलखाको शैलुङ र मेलुङ गाउँपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा ८९.५ अंक प्राप्त गर्दै जिल्लामै प्रथम स्थान हासिल गरेका छन्।
जिल्ला समन्वय समिति दोलखाले आयोजना गरेको १०औं जिल्ला सभामा दुबै पालिकालाई विशेष सम्मान गरिएको हो। वित्तीय सुशासन, पारदर्शिता र जवाफदेहितामा देखिएको प्रगतिका आधारमा उनीहरूलाई उत्कृष्ट घोषित गरिएको हो।
शैलुङ गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रले र मेलुङ गाउँपालिकाको नेतृत्व एमालेले गरिरहेका छन्।