आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारदोलखामा सहिद तथा वेपत्ता योद्धाको सम्मान र सम्झनामा दीप प्रज्जवलन

दोलखामा सहिद तथा वेपत्ता योद्धाको सम्मान र सम्झनामा दीप प्रज्जवलन

by herdaherdaimedia
0 comments 5 views

राजकुमार भुजेल, दोलखा। सदरमुकाम चरिकोटमा सहिद तथा वेपत्ता योद्धाको सम्मान र सम्झनामा दीप प्रज्जवलन कार्यक्रम गरिएको छ। सोमबार साँझ सदरमुकाम चरिकोट स्थित सातदोबाटोमा १ सय १ जना सहिद तथा वेपत्ता योद्धाको सम्मान तथा सम्झनामा दीप प्रज्जवलन गरिएको हो।

सहिद तथा वेपत्ता योद्धाको सम्मान तथा सम्झनामा दीप प्रज्जवलनको आयोजना गरेको नेकपा माओवादी केन्द्र दोलखाका जिल्ला संयोजक कुलबहादुर बुढाथोकीले बताए । सो अवसरमा सहिद सप्ताह अवधिभर दोलखाका पालिका हरुमा विभिन्न कार्यक्रमहरू तथा सहिद परिवारका सदस्यलाई सम्मान गरिएको पनि संयोजक बुढाथोकीले बताए । 

त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र दोलखाका ईन्चार्ज विशाल खड्का, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नर पाख्रिन,जिल्ला समन्वय समिति दोलखाका प्रमुख बुर्जुराम घतानी, नेकपा माओवादी केन्द्र दोलखाका प्रवक्ता पुष्कर अधिकारी, माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विधार्थी नेता, कार्यकर्ता, सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो

 

 

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment