दोलखामा सोमबारदेखि प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुँदै 

राजकुमार भुजेल,दोलखा। दोलखामा आगामी फागुन २१ गतेदेखि प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ । दोलखा युवा सञ्जालको आयोजनामा फागुन २१ देखि २५ गतेसम्म खेलमार्फत दोलखाको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ “प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका शहीद कमरेड रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता” हुने भएको हो ।

 रित बहादुर खड्‌का ‘प्रताप’ को व्यक्तित्व र कृतित्व र स्मृतिको निरन्तरताका लागि सर्वाधिक पुरस्कार राशिको खेल हुन लागेको सञ्जालका अध्यक्ष पुष्कर अधिकारीले बताए ।

 त्यस्तै प्रतियोगिताको विषयमा सञ्जालले सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलनमार्फत जानाकारी गराउने छ । प्रतियोगितामा विजेता, उपविजेता, तृतीय र सान्त्वना हुने टिमलाई क्रमशः २ लाख ५१ हजार, १ लाख ५१ हजार, ५१ हजार र २१ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । खेल सदरमुकाम चरिकोटस्थित भिमेश्वर रंगशालामा हुनेछ ।

 

Related posts

टप एण्ड टी-२० सिरिज: आज पाकिस्तानसँग भिड्दै नेपाल

भीमबहादुर तामाङको १३औं स्मृतिमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता

शान्ति आदर्श मावि लादुकलाई अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि