आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home Bannerदोलखामा होटल तथा होमस्टे सञ्चालकलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

दोलखामा होटल तथा होमस्टे सञ्चालकलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

by herdaherdaimedia
0 comments 11 views

अबिरल बस्नेत

दोलखा । स्वस्थ पर्यटन प्रवर्द्धन तथा आयुर्वेदको महत्व बुझाउने उद्देश्यले दोलखामा होटल तथा होमस्टे सञ्चालकहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, दोलखाको आयोजनामा तथा दोलखा होटल तथा पर्यटन व्यवसायी संघको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम बिहीबार जिरीको लिंकन बजारस्थित यार्शा होटलमा सम्पन्न भएको थियो।

उक्त अभिमुखीकरण कार्यक्रममा जिरी बजारमा सञ्चालनरत करिब ५० जना होटल सञ्चालक तथा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि जिरी नगरपालिकाका मेयर मित्र जिरेल थिए भने आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, दोलखाका प्रमुख डा. मनोज कुमार चौधरीको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा विशेषज्ञहरूले आयुर्वेदको महत्व, प्राकृतिक जडीबुटीको प्रयोग, स्वस्थ खानपान र पर्यटकहरूलाई स्वास्थ्यप्रद जीवनशैलीबारे जानकारी गराइएका थिए। दोलखा होटल तथा पर्यटन व्यवसायी संघका पदाधिकारीहरूले पनि आफ्नो धारणा राख्दै स्वस्थ पर्यटन प्रवर्द्धनका लागि आयुर्वेद महत्त्वपूर्ण हुने बताए।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, दोलखाका प्रमुख डा. मनोज कुमार चौधरीले स्थानीय होटल तथा होमस्टे व्यवसायीहरूले आयुर्वेदलाई प्रवर्द्धन गरे पर्यटन क्षेत्रलाई थप सबल बनाउन सकिने बताए।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment