आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारदोलखामा १८ जनाले गरे आत्महत्या 

दोलखामा १८ जनाले गरे आत्महत्या 

by herdaherdaimedia
0 comments 8 views

राजकुमार भुजेल,दोलखा।

पछिल्लो महिनाहरुमा आत्महत्याको घटना बढ्न थालेको छ। जिल्लाको ९ वटा स्थानिय तहहरूमै आत्महत्याको घटना बढ्न थालेको हो।

आत्महत्या गर्नेहरुमा किशोर किशोरी देशी वृद्धवृद्धाहरुसम्मै रहेका छन्।जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी पुरुषले आत्महत्याको बाटो रोजेका छन्।कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८०/०८१ श्रावण देखी हालसम्म १८ जानाले मृत्युवरण गरेका छन्। जसमा २ जना महिला, १३ जना पुरुष २ बालक र १ बालिका छन् । उनिहरु मध्ये १७ जनाले झुण्डिएर र १ जनाले बिष सेवन गरेर आत्महत्या गरेका छन्।तर यो तथ्याङ्क २०७९/०८० को तुलनामा कम हो।

गत वर्षमा ६४ जनाले आत्महत्या गरेका थिए । जसमा ५३ जनाले झुण्डिएर,९ जनाले बिष सेवन गरेर र २ जनाले हाम फालेर आत्माहत्या गरेका थिए।जिल्ला प्रहरी कार्यालय दोलखाले आत्महत्या रोकथाम सम्बन्धि विभिन्न ५७ वटा कार्यक्रमहरु संचालन गरेपनि खासै लागु नभएको देखिन्छ।

लागु औषध तथा मद्यपान, डिप्रेसन अर्थात् मानसिक असन्तुलन, दीर्घरोगी, गरिबी, बेरोजगारीनै आत्महत्याका मूल कारणहरु देखिएका छन्। समयमै आत्महत्याको दर कम गर्न तीनै तहका सरकारले आमनागरिकसम्म जनचेतनामूलक कार्यक्रम लैजानुपर्ने आवश्यक देखिन्छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment