दोलखाली गायिका उषा गजुरेलको ‘पप्पी देउ न’ गित सार्वजनिक 

राजकुमार भुजेल,दोलखा। दोलखाली गायिका उषा गजुरेलको ‘पप्पी देउ न’ गित सार्वजनिक भएको छ। आज (आइतबार) गायिका गजुरेलको आफ्नै शब्द संगीतमा बनेको गित सार्बजनिक भएको हो। प्रिज्म रेकडिङ स्टुडियोमा रेकर्डिङ भएको गितमा श्याम्स्वेत रसाईलीले निर्देशन र संगित संयोजन गरेका छन्। नेपाली म्युजिक भिडियोमा अब्बल डाइरेक्टरका रुपमा चिनिएका मौसम हिमालीको डाइरेक्सन रहेको छ।

भिडियोमा सुन्दर घलान, जुना विश्वकर्माको अभिनयमा गायिका गजुरेलको पनि अभिनय देख्न सकिन्छ। “उषा गजुरेल युट्युब च्यानल” बाट रिलिज गरिएको गितहरु मध्ये यो गित सातौं गित हो। हाल यस गितमा टिकटक बनाउन असाध्यै रुचाइएको छ। 

संगितलाई साधना, त्याग, तपस्या र ध्यान मान्ने गजुरेलको यसअघि पनि धेरै गितहरु सार्वजानिक भईसकेका छन् । उनको यो सोझो पल्कियो, श्वास, मौसम, सोल्टिनी लगाएतका गितहरु सार्वजानिक भईसकेका छन् ।

 

 

Related posts

बिरौटा समाज मेलुङद्वारा काठमाडौंमा रक्तदान तथा तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

एकीकृत अखिल नेपाल शिक्षक संगठन महिला विभाग दोलखाको हरितालिका तीज विशेष दरखाने कार्यक्रम सम्पन्न

नेकपा (माओवादी केन्द्र) दोलखा–काठमाडौं सम्पर्क समिति द्वारा तीज विशेष कार्यक्रम सम्पन्न