आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारदोलखा ट्राफिक प्रहरी एक्सनमा उत्रियो, एकैदिन २२ वटा सार्वजनिक यातायात परे कारबाहीमा

दोलखा ट्राफिक प्रहरी एक्सनमा उत्रियो, एकैदिन २२ वटा सार्वजनिक यातायात परे कारबाहीमा

by herdaherdaimedia
0 comments 6 views

राजकुमार भुजेल,दोलखा।

हेर्दाहेर्दै डटकममा प्रकाशित  “दोलखामा सार्वजनिक यातायातको ठगि धन्दा” र “दोलखामा गाडी भाडामा व्यवसायीको ठगी, यात्रु मर्कामा” भन्ने समाचारले जिल्लामा सार्वजनिक यातायातमा हलचल मच्चिएको छ। बुधबार यो दुई शिर्षकको समचार पश्चात् दोब्बर भाडाको विषयले पुरै हलचलनै गराएको पाइएको छ। जसअन्तर्गत चाडपर्वको मौकामा छोपेर सवारी साधनहरूले मनपरी रुपमा टिकट बिनानै यात्रु बोकेको थाहा पाएपछी जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखा एक्सनमा उत्रिएको छ।

जिल्लाबाट काठमाडौं जाने यात्रुहरुलाई सार्वजनिक यातायातले तोकेको भन्दा पनि दोब्बर तेब्बर भाडा असुली गरेको जनगुनासो र भाडा असुली बिषयको समचार बाहिरीएपछि बिना टिकटमा यात्रु बोक्ने सार्वजनिक यातायातलाई कार्वाही गरेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराईले आज एकैदिन २० वटा भन्दा बढी सवारीसाधनलाई बिना टिकटमा यात्रु बोकेको भन्दै कार्बाही गरेको बताए।यता बुधबार जिल्लाको शैलुङ गाउँपालिका – ८ ले सार्वजनिक यातायातले बढी भाडा असुल्ने गरेको भन्दै सार्वजनिक यातायातलाई कारवाहीको चेतावनी दिएको थियो। तर सार्वजनिक यातायातले यात्रुलाई दोब्बर तेब्बर भाडा असुली गरेको समचार सम्प्रेषण भएतापनि जिल्लामा कुनैपनि लिखित तथा मौखिक गुनासो नआएको जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखा प्रमुख भट्टराईले यात्रुलाई सार्वजनिक यातायातले तपाइहरुँलाई बढी भाडा लिएको हो भनेर बुझ्दा यात्रुले ट्राफिक प्रहरी सँग बोल्न हिचकिचाएको बताए । ट्राफिक प्रहरी सार्वजनिक यातायात चेकजाँचको लागि बिच सडकमा बस्ने भएपछि सार्वजनिक यातायात चरिकोटबाट देउराली हुदैँ मकैबारी निस्किएर काठमाडौं जाने गरेको भेटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ। त्यस्तै चाडपर्वको नाममा कहिँ कतै मनोमानी भाडा असुली भएको भए तत्काल प्रहरी प्रशासनलाई खबर गर्न आग्रह गर्न जिल्ला प्रहरी कार्यालय दोलखाले आग्रह गरेको छ।

तस्बिर सौजन्य: दिलबहादुर केसी

 

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment