आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारदोलखा भिमसेनलाई आयो पसिना 

दोलखा भिमसेनलाई आयो पसिना 

by herdaherdaimedia
0 comments 7 views

राजकुमार भुजेल,दोलखा। दोलखाको भिमेश्वर मन्दिरमा पसिना आएको छ। आज दिउँसो करिब १ बजे ४७ मिनेट देखी भिमसेनको शिलामा पसिना आएको हो ।

भीमेश्वर गुठी तथा पुजा व्यवस्थापन समितिका अनुसार शिलाकाे बाँयापट्टी निरन्तर पसिना आएको छ। शिलामा पसिना आउँदा मुलुकमा ठुलो अनिस्ट वा सकारात्मक परिवर्तन हुने बिश्वास गरिदै आएको छ भने शिलालाई साक्षात भबिस्य सुचक मानिदै आएको छ । शिलामा आएको पसिना कपासले पुस्ने र खाममा हालेर राष्ट्रपति सामु पुर्‍याउने चलन पनि छ ।

मन्दिर परिसरमा अहिले भक्तजनकाे भीड पनि लागेकाे छ । पसिना आएको खबर लगत्तै जिल्ला प्रशासन, प्रहरी, नेपाली सेना, प्रमुख तथा जनप्रतिनिधि मन्दिरमा पुगेका थिए । 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment