दोलखा भिमेश्वरको “महाप्रसाद” राष्ट्रपति पौडेललाई 

दोलखा। भिमेश्वरको “महाप्रसाद” राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदान गरिएको छ । शनिबार दिउँसो भिमेश्वर मन्दिरको सिमलामा आएको पसिना पुछेर राखेको कपास  रास्ट्रपति पौडेललाई “महाप्रसाद”का रुपमा प्रदान गरिएको हो।

 शिलामा आएको पसिना कपासले पुस्ने र खाममा हालेर राष्ट्रपति सामु पुर्‍याउने चलन छ । आइतबार”महाप्रसाद”का रुपमा प्रदान गर्न भीमेश्वर गुठी व्यवस्थापन समितिका पदाधिकारी,,जनप्रतिनिधि, गुठीयारहरु सहितको टोली शितल निवास पुगेका थिए। शनिवार दिउँसो १:४७ बजेबाट भीमेश्वर शिलाको बाँयाँ भागबाट करिब ३:५० बजेसम्म पसिना आएको थियो । त्यसलगत्तै दोस्रोपटक ४ बजेर ५ मिनेट देखि करिब ४ बजेर १५ मिनेटसम्म शिलाको शिरबाट पसिना आएको थियो ।

शिलामा पसिना आउँदा मुलुकमा ठुलो अनिस्ट वा सकारात्मक परिवर्तन हुने बिश्वास गरिदै आएको छ भने शिलालाई साक्षात भबिस्य सुचक मानिदै आएको छ । 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता